युनाइटेड मोदी हाइड्रोपावरले युनाइटेड मेवा खोलामा लगानी गर्दै

मंगलबार, १७ चैत्र २०७७, १३ : ४०

काठमाडौं- युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो ।

युनाइटेड मेवा खोला हाइड्रोपावरमा कुल पूँजीको ३० प्रतिशत शेयर स्वामित्व रहने गरी ६७ लाख ५० हजार कित्ता शेयरहरु खरीद गरेको कम्पनीले मंगलवार सूचनामार्फत बताएको छ ।

युनाइटेड मेवा हाइड्रोपावरले ताप्लेजुङ्ग ५० मेगावाटको आयोजना निर्माण गर्दैछ।

मंगलबार, १७ चैत्र २०७७, १३ : ४०

प्रतिक्रिया