माओवादी केन्द्रद्वारा ४ सांसदलाई कारवाही, को-को ?

३ बर्ष अगाडि

काठमाडौं -  नेकपा माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेशसभाका चार सांसदलाई कारवाही गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारवाही गर्न प्रक्रिया अघि बढाएको हो । 

एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको बताइएको छ ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङलाई कारवाही गरेको पत्र सोमवार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताएका छन् ।

पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरी केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया