मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई पार्टीले गर्‍यो पदमुक्त

३ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद टङ्क आङ्बुहाङको पद खोसिएका छ । सांसदबाट पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा सांसद आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको हो ।

मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गराएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टीकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 

साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया