काठमाडौं- कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन् ।
मंगलबार सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
एक बजे संसदीय दलको बैठक बस्नुअघि उनीहरुले राजीनामा दिने भएका मन्त्री रावलले जानकारी दिए । आ
केन्द्रमा नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने अवस्थामा पुगेको छ ।
एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १३ सिट मात्र छ । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार संकटमा परेको छ ।
प्रतिक्रिया