भैरवकुण्ड हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

३ बर्ष अगाडि

काठमाडौं– भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको १८ औं वार्षिक साधारणसभा बस्ने भएको छ ।

सभा कम्पनीको कार्यालय कुसुन्ती ललितपुरमा आगामी बैशाख १५ गते बस्ने भएको छ ।

सो दिन दिउसो १ बजे बाट सभा सुरु हुने भएकाले शेयरधनी तथा सम्बन्धित सबैलाई उपस्थितको लागी कम्पनीले सूचना प्रकाशित गर्दै भनेको छ । 


अध्यक्ष बाट वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आगामी आवको लागी लेखापरीक्षक नियुक्ति तथा सञ्चालकको नियुक्ति अनुमोदन गरी सभा बाट पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएकोछ ।

यो पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन पछिको ५ औं साधारणसभा रहेको समेत कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया