माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

२ बर्ष अगाडि

माओवादी केन्द्रका दुई मन्त्रीले पदबाट राजीनामा दिने भएका छन् । गण्डकी प्रदेश सरकारमा रहेका माओवादी तर्फका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् ।

नेकपा एमालेको ओली समूहनिकट रहेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी  दुई मन्त्रीले राजीनामा दिने भएका हुन् ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । 

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ ९दीपक मनाङे०को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ । एमालेका २७ र दीपक गुरुङ सहित सरकारका पक्षमा २८ सांसद छन् । सरकार बचाउनका लागि एमालेलाई थप ३ सांसदको आवश्यकता पर्छ । 

प्रदेश सभामा ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले साथ दिएको अवस्थामा एमालेको सरकार कायम रहने अवस्था छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया