रुवि भ्याली हाइड्रोपावर कम्पनीले बोलायो साधारण सभा, यस्तो छ एजेण्डा !

३ बर्ष अगाडि

काठमाडौं - रुवि भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभा वैशाख २१ गते कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय सुकेधारा, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको हो  । 

चैत ५ गते बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । सभाको प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, आगामी आर्थिक वर्षको लागि कार्ययोजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समीक्षा गर्ने, सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने रहेको छ ।  

त्यस्तै, विशेष प्रस्तावमा कम्पनीले प्रवर्द्धन गरेको मेनचेन खोला परियोजना निर्माणको लागि कम्पनीको चुक्तापूँजी र स्वतन्त्र जगेडा कोषको रकमभन्दा बढी बैक तथा वित्तीय संस्थाबाट सहवित्तीय कर्जा लिने रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया