“एमसिसीप्रति कांग्रेस सकारात्मक छ, विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन”

२ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य  डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकि छिन्  । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन् । “एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन ।” उनले भनिन्  । 

उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् ,“ गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ । ” कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया