काँग्रेस नेता शाहीद्वारा सरकारी गाडी फिर्ता

बैशाख ५, २०७८ | आजको अर्थ
ajaako_artha

कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो ।  

 अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । 

प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रतिपक्षको भूमिकामा छैनौँ’ उनले भने, ‘अब हामी सरकारमा जान्छौँ’ एमाले प्रतिपक्षको भूमिकामा भएसँगै काँग्रेस तेस्रो दल भएको छ । कानुनविपरीत सेवा प्रयोग गर्न नचाहेर गाडी फिर्ता गरेको शाहीले बताए । 

काँग्रेसको तर्फबाट कोको मन्त्री बन्ने भन्नेबारे अहिलेसम्म टुङ्गो भने लागेको छैन ।  प्रदेशसभामा काँग्रेसका ६ जना सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८