‘हटस्पट क्षेत्रमा स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ’

आइतबार, १२ बैशाख २०७८, १३ : ३५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन्। आइतबार बालुवाटारमा पत्रकार सँग कुरा गर्दै ज्ञवालीले सरकार  तत्काल  देशव्यापी रुपमा लकडाउन गर्ने पक्षमा नरहेको  बताएका हुन् ।

लकडाउन आफैंमा अन्तिम समाधान नभएको भन्दै ज्ञवालीले भने लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ। त्यसले अलिकति पछाडि धकेल्ने मात्रै हो। त्यो आफैंमा अन्तिम समाधान होइन,ु  ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’

उनले अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकोले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई बिस्तार गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको बताए।

आइतबार, १२ बैशाख २०७८, १३ : ३५

प्रतिक्रिया