वाणिज्य बैंकको नाफा अर्ब माथि

५ बर्ष अगाडि

 

काठमाडौं – सरकारी स्वामित्वको  राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ ।

खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर २  अर्ब ६० करोड पुर्याएको छ ।

यस्तै ३ महिनामा १  खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब पुगेको छ भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको छ।

पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा  ३.८३ प्रतिशत पुगेको छ । आधार व्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ।

यस्तै बैंकको  निष्क्रिय कर्जा अनुपात ३.८३ प्रतिशत, कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत, आधार ब्याजदर ६.३३ प्रतिशत, प्रतिशेयर आम्दानी १२.४४ रुपैंया रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया