भोलिदेखि सबै आन्तरिक उडान बन्द, अब विहान मात्रै पसल खोल्न पाइने

आइतबार, १९ बैशाख २०७८, २० : ४६

काठमाडौं- सोमबार वैशाख २० गते मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

उपत्यकाको सिडियोहरुको बैठकले सोमबारदेखि बेलुका पसल खोल्न नदिने निर्णय गरेको छ। यसअघि विहान र बेलुका दुई समय खाध्यान्न लगायताका पसलहरु खोल्न दिने गरेकोमा भोलिदेखि भने विहान मात्रै पसल खोल्न पाइने व्यवस्था गरेको हो।

 

आइतबार, १९ बैशाख २०७८, २० : ४६

प्रतिक्रिया