काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबोनमा निवेदन पेश गरेकोमा सेबोनबाट हिजो (वैशाख १९ गते, आइतबार) अनुमति पाएको हो ।
कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया