कतै तपाँई छुटनु त भएन ? सीइडीबी हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं -सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज (वैशाख २१) गते अन्तिम दिन हो । 

कम्पनीको आईपिओमा आज मंगलबार कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् ।  कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये  ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । 

आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । 
 
केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ गतेसम्म कायम रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । सनराइज क्यापिटलका अनुसार सोमबार साँझसम्म २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परिसकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया