पाँचथर पावर नाफा साढे ५५ प्रतिशतले घट्यो, अन्य सूचक के कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, पाँचथर पावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ५५ प्रतिशतले नाफा घटेको  छ।

कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन ५५.५२ प्रतिशतले कम हो।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले घाटामा रहेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ २० पैसाबाट घटेर ४ रुपैयाँ ९ पैसामा झरेको छ। उसको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा रहेको छ।

कम्पनीले यस अवधिमा विद्युत विक्रीबाट २६ करोड ७१ लाख रुपैयाँ कमाएको छ। गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ कमाएकोमा यस्तो आम्दानी पनि १३ प्रतिशतले घटेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया