मानुषी लघुवित्तको नाफा १२६ प्रतिशतले वृद्धि, अन्य सूचक के कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ । 

गत आवको तेस्रो त्रैमासमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको हो । 

खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३७ करोड ३२ लाख सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा भने रू. १ अर्ब ६९ करोड २७ लाख ऋणात्मक रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया