काठमाडौं– हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारणसभाको मिति तोकेको छ ।
गत बैंशाल १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेष्ठ २८ गते सभा बस्ने निर्णय गरेको थियो । कम्पनीले साधारणसभा सम्बन्धी सूचना आज सार्वजनिक गरेको हो ।
सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ । सभामा सञ्चालक समितिको सिफारिस बमोजिम चुक्ता पूँजीको ३.७५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने बताइएको छ ।
सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौंमा सो दिन बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया