कुलेखानी जलविद्युत आयोजना बन्द

२ बर्ष अगाडि

निषेधाज्ञाका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्दा विजुलीको माग घटेको छ । यो सँगै भारतबाट हुने आयात समेत कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निषेधाज्ञा अघि (१३ गते) १४ सय ८२ मेगावाट सम्म पिक डिमान्ड रहेकोमा निषेधाज्ञासँगै क्रमशः घट्दै गएको प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताएका छन् । अहिले औसतमा १२ सय ५० मेगावाट पिक आवर डिमान्ड रहेको छ ।

अहिले लोड घटेको बेलामा कुलेखानी जलाशयलाई प्राधिकरणले रिजर्भमा राखेको छ । यसको सतह कम हुँदै गएकाले यसलाई  रिजर्भमा राखिएको प्रधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा पानीको सतह धेरै तल पुगेपछि आयोजना बन्द गरिएको हो । कुलेखानी पहिलो, दोस्रो र तेस्रोको जडित क्षमता १ सय ६ मेगावाट रहेको छ । पानी सञ्चिति बढाउन कुलेखानी आयोजन बन्द गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । उनले भने, ‘माग कम भएको बेला यसलाई चलाएका छैनौँ । रिजर्भमा राखेका छौँ । अरु सबै जलविद्युत आयोजनालाई भने पूर्ण क्षमतामा चलाइएको छ ।’

नेपालले सबैभन्दा बढी बिजुली कालिगण्डकी जलविद्युत आयोजनाबाट प्रयोग गर्दै आएको छ । यो १ सय ४४ मेगावाट क्षमताको आयोजना हो । यसले पिक समयमा १ सय ४४ मेगावाटसम्म विजुली उत्पादन गर्छ । केही दिन अघि पानी नपर्दा ४५ मेगावाटसम्म विजुली उत्पादन क्षमता घटेको थियो । तर पछिल्लो केहि दिन यता पानी परेसँगै यसको उत्पादन क्षमता बढेको छ । अहिले औसतमा ८० मेगावाट उत्पादन हुन्छ ।

यो क्यूआरओआर बेस आयोजना हो । कालीगण्डकी, दुइवटा मर्स्याङ्दी र चमेलिया क्यूआरओआर बेस हुन । यिनीहरुले कम लेभल हुदा पनि चाहिएको बेला ६ घण्टासम्म पूर्ण क्षमतामा उत्पादन गर्न सक्छन् । नेपालमा साना ठूला गरेर लगभग सय भन्दा बढी जलविद्युत आयोजना छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया