नेपाल एग्रोको नाफा  २४५.५७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं,  नेपाल एग्रो लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा दुई करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४५.५७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ६८ लाख रुपैयाँमा सिमित थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४ करोड २१ लाख रुपैयाँले नोक्सानीमा छ भने ७ करोड ९१ लाख रुपैयाँ राइट ब्याक भएको छ ।

यस अवधिमा लघुवित्तले ५ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७६.५३ प्रतिशतले धेरै हो । लघुवित्तको निष्कृय कर्जा अनुपात १.५७ प्रतिशतबाट बढेर २.०१ प्रतिशतमा पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९५ पैसाले बढेर ५४ रुपैयाँ ८१ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६.५६ गुणा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया