सपोर्ट माइक्रोफाइनान्सले कमायो २ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं, सपोर्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ। जुन २२१.०३ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानी पनि ८१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा पनि २२४ प्रतिशतले बढेको छ ।

लघुवित्तको खराब कर्जा भने बढेर ४.४९ प्रतिशत पुगेको छ।

६ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर ४२ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ छ।

२ बर्ष अगाडि

प्रतिक्रिया