किसान सहकारीलाई अन्तर्राष्ट्रिय पुरस्कार, बन्यो विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था

२ बर्ष अगाडि

काठमाडौं - कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ । 

सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ ९प्रमाणपत्र०सहित पुरस्कृत भएको हो । 

ग्राहकरसदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई ग्राहक÷सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र  सहित पुरस्कृत भएको संस्थाका प्रोजेक्ट मेनेजर दिपक राज ढुङ्गानाले जानकारी दिए ।​

क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सिद्धान्त तथा १९२ मानङ्गकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तर्राष्ट्रिय अभियानले ठहर गरेको छ ।

सहकारी संस्था सदस्य सुरक्षणकालागि विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था बनेको छ । यस प्रमाणपत्रको म्याद ४ वर्ष रहनेछ । ४ वर्ष पछि पुनःप्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्ने प्रमाणपत्र जारी गर्ने निकाय ‘स्मार्ट क्याम्पीयन’को नीति रहेको छ ।

सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया