गृहमन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

५ बर्ष अगाडि

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो,‘ तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ । ’
    गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढीरहेको गृहमन्त्रीको भनाई छ ।
    गृहमन्त्री थापाले भन्नुभयो, ‘ समिक्षाबाट निस्किएको सवलता र कमजोरी आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत बनाउँदै लैजानुहोस् । ’
    कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभयो ।
    उहाँले मन्त्रालयको कामकारवाही सहि बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
    कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरीएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया