अशोक राईको अध्यक्षतामा नयाँ जसपा गठन हुँदै

१ हप्ता अगाडि

काठमाडौं –  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला पिार्टी विभाजन भएपछि यतिबेला विभाजित पार्टीले कमिटी गठनको प्रक्रिया सुरु गरेको छ । जसपाबाट बाट विभाजित भएको समूहले अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने भएको छ  । हिजो विभाजित भएर बनेको जनता समाजवादी पार्टी जसपामा ३१ सदस्य कार्यसमिति गठन गर्ने तयारी छ । पार्टीको सङ्घीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ र केन्द्रीय अध्यक्षमा अशोक राई रहनेछन् । यस्तै पार्टीको सहअध्यक्षमा रेणु यादव तथा उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ हुनेछन् ।

महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतोलाई तोक्न लागिएको छ । विभाजित पार्टीमा सङ्घीय संसदका ७ जना सांसद छन् । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया