डडेल्धुरामा स्कुल बस दुर्घटना, कम्तिमा १८ को मृत्यु

५ बर्ष अगाडि

धनगढी–डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस बिहिबार साँझ दुर्घटना दुर्घटना हुँदा कम्तीमा  १८ जनाको मृत्यु भएको ।
 डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामामा डेढ दर्जन गम्भीर घाइते छन् ।  

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको बुझिएको छ । बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। 
 बस सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको जनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया