पार्टी विभाजनको असर संसदीय दलमा

अनुपस्थित सांसदलाई  निगरानीमा राखिने

१ हप्ता अगाडि

 

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनले संघीय सरकारमा खासै असर पर्ने नदेखिए पनि त्यसको असर प्रदेशमा भने देखिन सक्ने अनुमान गरिएको छ । विभाजनपछि मधेश प्रदेशमा संसदीय दलको बैठक बसेको छ । उक्त बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन् ।

मधेश प्रदेशमा जसपाका १९ सांसद छन् । दलको बैठकमा सांसदहरू सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह नआएका हुन् ।

पार्टी विभाजनपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल गर्न दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय दलको बैठक बोलाएका थिए ।

उनले भने, ‘पार्टी फुटाउनेविरुद्ध हामी सबै सांसद एकढिक्का छौं । तीनजना माननीय काम विशेषले बैठकमा आउन सक्नु भएन ।’ उनले सबै सांसद संस्थान पक्षमै रहने निर्णय गरेको पनि जिकिर गरे ।

अनुपस्थित तीनैजना सांसदको गतिविधि शंकास्पद रहेको विषयमा पनि बैठकमा छलफल भएको स्रोतको भनाइ छ । बैठकले अनुपस्थित उनीहरूलाई निगरानीमा राख्ने बताइएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया