सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा बोलायो, लाभांश वितरण गर्ने

विहीबार, ०६ जेठ २०७८, ०८ : ५३

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले उन्नाइसौं वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा सञ्चालक तथा लेखा समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरिने छ । साथै कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको ३.७८९४ प्रतिशत हुन आउने रु.३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा नगद लाभांश पारित गर्ने, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन लगायतका प्रस्ताव रहेका छन् ।

सभा आगामी जेठ २८ गते कम्पनीको भवन बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।

कोरोना महामारीका कारण सभा भर्चुअल माध्यम बाट हुने कम्पनीले जनाएको छ । 
 

विहीबार, ०६ जेठ २०७८, ०८ : ५३

प्रतिक्रिया