दोस्रो घण्टामा उकालो यात्रामा नेप्से, कारोबार रकम साढे ४ अर्ब नजिक

विहीबार, ०६ जेठ २०७८, १३ : ३६

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४.४० अंकले बढेर २७८५.२० विन्दुमा पुगेको छ । 

दुई घण्टाको अवधीमा कारोबारमा आएका १९७ ओटा कम्पनीले रु. ४ अर्ब ३८ करोड ६४ लाख ५ हजार बराबरको शेयर कारोबारको भएको छ ।

यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ३४७ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ,  विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्,  निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ ।

विहीबार, ०६ जेठ २०७८, १३ : ३६

प्रतिक्रिया