काठमाडौं– मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जस अनुसार ग्राहकहरुले मिस्ड कल गरेर बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरु बारे सजिलै जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
यो सुविधा लिन ग्राहकहरुले बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने बैंकल जनाएको छ । निक्षेप संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ मा र कर्जा संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मा फोन गर्न बैंकले आग्रह गरेको छ ।
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया