नौ महिनामा सिनर्जी पावरको नाफा १३.५५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं, सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ करोड २६ लाख ५३ हजार खुद नाफा कमाएको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको रु.। ७ करोड २४ लाख ७३ हजार खुुद नाफा कमाएको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले १३.५५ प्रतिशतले घटेको छ ।

गत वर्ष विद्युत् विक्रीबाट रू. १६ करोड ८० लाख ४६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४ लाख ८३ हजार मात्र आम्दानी गरेको हो । विद्युत् विक्री आम्दानी गत वर्षभन्दा यस वर्ष १०.४५ प्रतिशत कम भएको हो । 

यस वर्ष ४.७५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर रू. ७३ करोड ३२ लाख ५० हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ऋणात्मक अवस्थाबाट सुधारिएको छ ।

गत वर्ष रू. ७ लाख ७७ हजार ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रू. ६ करोड ३४ लाख ८१ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३९ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ६६ रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया