माछापुच्छ्रे बैंकको पाँच लाख सहयोग

२ बर्ष अगाडि

काठमाडौं– माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।  बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो।

बैंकले बतास फाउण्डेसनले निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि यो सहयोग दिएको हो। बैंकले सुदुरपश्चिम प्रदेशको अत्तरियामा रहेको मालाखेती अस्पतालाई अक्सिजन कन्सन्ट्रेटर किन्न ५० हजार रुपैयाँ सहयोग गरेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया