एशियन लाइफ इन्स्योरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं– महालक्ष्मी विकास बैंकले लिलामीमा राखेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २६ गते  १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो।

उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा आज (जेठ ९ गते ) कार्यालय समय भित्र आवेदन पेश गर्नुपर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया