प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

आइतबार, ०९ जेठ २०७८, १० : ३५

काठमाडौं, प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको इकाईका लागि आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको छ।

जारी गरिएको इकाईको १४ प्रतिशत हुन आउने एक करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई छुट्टाइएको छ भने एक प्रतिशत हुन आउने १० लाख इकाई कोष व्यवस्थापकका रुपमा रहेको प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको हुँदा यहाँहरुले सिडिएससीले प्रदान गरेको मेरो शेयरमा लगिन गरेर समेत आवेदन दिन सकिने छ भने मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फण्डको बायाँतर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सकिनेछ ।

आइतबार, ०९ जेठ २०७८, १० : ३५

प्रतिक्रिया