३ अर्बको आईपीओ जारी गर्दै उदयपुर सिमेन्ट !

२ बर्ष अगाडि

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३० गते २० देखि ३३ औं बार्षिक साधारण सभा एकै पटक बोलाएको हो ।  

साधारण सभा  सँगै  कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सोही साधारण सभाबाट आईपीओ जारी गर्ने निर्णय गर्ने भएको हो ।

कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले नेपाल सरकारलाई एक अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र एक अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ ब्याज तिर्नुपर्नेछ । सो सावाँ तथा ब्याज भुक्तानीका लागि कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।

आफ्नो अधिकृत पुँजी ४ अर्बबाट बढाएर १० अर्ब बनाउने निर्णय पनि सोही साधारण सभाबाट गर्ने कम्पनीले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया