काठमाडौं, एनआईसी एशिया बैंकको स्वामित्वमा रहको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन भोलि (सोमवार) समयसम्म रहेको छ ।
बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको हो ।
आवेदकले नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू. ४४९ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन्।
विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया