केन्द्रीय बैंकले  मुद्दति र कल निक्षेपमा ६४.६३ करोड लगानी गर्दै

२ बर्ष अगाडि

काठमाडौं, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । 

बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो । 

नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । बैंकले लघुवित्त संस्था सुपरिक्षण विभागबाट सञ्चालित विभिन्न अयोजनाहरुको कोषमा रहेको रकम लगानी गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति तथा कल निक्षेपमा लागानी गरिने उल्लेख छ ।

बैंकले यही जेठ ११ गते बेलुका ४ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।

बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम भएको, खराब कर्जा कुल कर्जा सापटको ५५ वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्ने लगायतको सर्त राखेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया