दोस्रो घण्टा : सामान्य अंकले उकालो लागेको नेप्सेमा ५ अर्ब बढीको कारोबार

आइतबार, ०९ जेठ २०७८, १३ : ३१

काठमाडौं, कारोबारको पहिलो दिन (आइतवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४ अंकले बढेर २७९१.१८ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टासम्ममा कारोबारमा आएका २१३ ओटा कम्पनीको रू. ५ अर्ब ९ करोड ४६ लाख ४ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ६५३ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन,  निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा, र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

आइतबार, ०९ जेठ २०७८, १३ : ३१

प्रतिक्रिया