एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि,बोनस शेयर प्रस्ताव कति ?

२ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्स्योरेन्स कम्पनीको साधारण सभा भोलि (सोमवार) हुने भएको छ । कम्पनीले सभा दिउँसो २ बजे आफ्नो प्रधान कार्यालयमा हुने बताएको छ ।

कोरोना भाइरसकोको महामारीलाई ध्यानमा राख्दै सभा भर्चुअल माध्यमबाट हुने पनि कम्पनीले  बताएको छ ।

सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत वैशाख २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया