एचआईडीसीएलले पायो हकप्रद निष्कासन गर्ने अनुमति

२ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । 

कम्पनीलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १स्१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । 

सेबोनबाट कम्पनीले उक्त अनुमति आइतबार पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया