प्रभु सेलेक्ट फण्डमा मागभन्दा दुई गुणा बढि आवेदन, कति ?

२ बर्ष अगाडि

काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषमा मागभन्दा १.९७ गुणा धेरै इकाईका लागि आवेदन परेको छ । क्यापिटलले जेठ ५ गते, बुधबार देखि सामुहिक लगानी कोष  बिक्रीमा ल्याएको थियो ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्ममा ८५ हजार ५ सय ५४ जना सर्वसाधारण आवेदकबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको १८ करोड २८ लाख ५८ हजार २८० सय ईकाइका लागि आवेदन परेकोे हो  ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गरेकाछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई वितरण गरिनेछ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो तर कम्पनीको म्युचुअल फण्डमा छिटो अबधिमै माग भन्दा बढि आवेदन परेकाले हिजो९आइतबार० बाट नै कम्पनीको बिक्रि बन्द भइसकेको छ । 

क्यापिटलको प्रक्षेपण अनुसार यो म्युचुअल फण्डमा लगानीर्ने लगानीकर्ताहरुले पहिलो बर्ष ४.०८ प्रतिशत, दोस्रो बर्ष २२.३४ प्रतिशत र तेस्रो बर्ष ४२.१६ प्रतिशत लाभांश प्राप्त गर्नेछन् भने योजनाको अवधि सकिएपछि १३०.४७ प्रतिशत लाभांश प्राप्त गर्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया