राष्ट्र बैंकले विकास ऋणपत्र निष्काशन गर्दै

२ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबार विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

१५ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र २०८३ ’घ’ को अवधि ५ वर्ष रहेको छ ।

केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।  विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिने केन्द्रिय बैंकले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया