आईपीओ निष्काशन गर्दै आई.एम.ई लाइफ इन्स्योरेन्स, बोलायोे साधारण सभा

२ बर्ष अगाडि

काठमाडौं - आई. एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसकोे लागि कम्पनीले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ  । 

कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ  ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।  त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका एजेन्डाहरुमा छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।v

२ बर्ष अगाडि

प्रतिक्रिया