नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा जेठ २५ गते

२ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ । कम्पनीले आफ्नै केन्द्रिय कार्यालय धादिङमा बिहान ११ बजे सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले यस लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, महिला सहयात्राको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया