काठमाडौं - एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकोे छ ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।
लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यस्तै, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया