काठमाडौं, नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव विष्णुप्रसाद धितालले जानकारी दिए ।
प्रतिक्रिया