काठमाडौं - एभरेष्ट इन्स्योरेन्सकोे २६ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीले आफ्नै प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा दिउँसो २ बजे भचुर्अल माध्यमबाट सभा हुने भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०।४२ प्रतशित नगद लाभांश गरी कुल ८।४२ प्रतशित लाभांश अनुमोदन गर्नेछ । बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ ।
कम्पनीले सभामा बोनस बाँडफाँट पश्चात हुने कम्पनीको शेयर पूँजी बराबर जारी तथा चुक्ता पूँजी पु¥याउने, उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई दिएको अधिकारलाई निरन्तरता दिने प्रस्ताव लैजादै छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २९ गते ९ एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा वैशाख २८ गते मंगलबारसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया