काठमाडौं, आइएमई लाइफ इन्सुरेन्सले जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले आइपीओ जा री गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया