नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव

सोमबार, १० जेठ २०७८, १८ : ५५

काठमाडौं– नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले १५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी १६ दशमलब ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

सोमबार, १० जेठ २०७८, १८ : ५५

प्रतिक्रिया