काठमाडौं– प्रभु बैंकले आज (जेठ ११ गते) बाट ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। साढे ८ प्रतिशत ब्याज रहेको ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।
ब्याजको भुक्तानी प्रत्येक तीन तीन महिनामा हुने छ। अंकित मूल्य एक हजार रुपैयाँको ऋणपत्र कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।
४ अर्बको ऋणपत्रमध्ये एक अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणलाई छुट्याइएको छ। यसैभित्रबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइने छ।
बाँकी रहेको २ अर्ब ४० करोड ऋणपत्र विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुलाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिने छ।
बढीमा १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र खरिदका लागि आवेदन १६ गतेभित्र दिइसक्नु पर्छ।
प्रतिक्रिया