काठमाडौं, एक आपसमा मर्ज हुन लागेका समाज र स्वस्तिक लघुवित्तको आज विशेष साधारण सभा हुँदैछ । सभामा दुवै कम्पनीले एक आपसमा मर्ज हुने एजेन्डा पेश गर्दैछन् ।
समाजको सभा मलंगवाको जानकी फेमली होटेलमा दिउसो २ बजे सुरु हुँदैछ, भने स्वस्तिकको पनि दिउसो २ बजेनै लहानको होटेल नेमानमा सुरु हुनेछ ।
दुवै लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राख्ने एजेन्डा छ । यस्तै, मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । दुवै कम्पनी मर्ज भएपछि कम्पनीको केन्द्रीय कार्यालय सिरहाको लहानमा राख्ने एजेन्डा पनि पेश हुनेछ ।
प्रतिक्रिया