२८ करोडको लागतमा बन्दै गरेको विर्तामोड अस्पतालमा भन्टिलेटर जडान

जेठ २७, २०७८ | आजको अर्थ
ajaako_artha

आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्था ललितपुरले आज यहाँका दुई पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । विर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुवै संस्थाले संयुक्तरुपमा एक÷एक थान भेन्टिलेटर, दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र १५ थानका दरले पिपिई सेट वितरण गरेका हुन् ।

सो स्वास्थ्य सामग्री दुवै नगरपालिकामै पुगेर विर्तामोडका नगरप्रमुख धुव्र शिवाकोटी र अर्जुनधाराका नगरप्रमुख हरि रानालाई फाउण्डेशनका अध्यक्ष आनी छोइङ डोल्मा र प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले हस्तान्तरण गरेकी छिन्। आनी छोइङ डोल्मा नेपाली साङ्गीतिक जगत्की एक प्रसिद्ध गायिका हुन्।

हस्तान्तरण कार्यक्रममा विर्तामोडका नगरप्रमुुख शिवाकोटीले कोरोनाकालमा अक्सिजन र भेन्टिलेटर अभाव भइरहेको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले सो स्वास्थ्य सामग्री पूर्वमहान्यायधिवक्ता अग्नि खरेलको पहलमा आएको जानकारी दिए ।

उनले रु २८ करोडको लागतमा बन्दै गरेको विर्तामोड नगर अस्पतालमा सो भन्टिलेटर मेसिन जडान गरिने बताए । उनका अनुसार नगरपालिकाले अस्पतालमा छवटा डायलिसिस मेसिन र थप दुई भन्टिलेटर जडान गर्ने लक्ष्य राखेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८